युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 02:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले बाँके स्थित आफ्नै कार्यालयमा बैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेको हो।

सभाले घोडीघोडा लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभामा संस्थाको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामकबाट थप निर्देशन भईआएय्मा सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने, राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र भविष्यमा अन्य संस्थासंग गाभ्ने गाभिने बारेको निर्णय गर्न  अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छन् ।  

कम्पनीले कोरोना महामारी बढिरहेको अवस्थामा भिडीयो कन्फेरेन्स मार्फत सभा गर्ने जनाएको छ।  जसका लागि जुम एपको लिंक केही दिन अगाडी इमेल वा मोबाइलमा एसएमएस पठाउने कम्पनीले उल्लेख गरेको छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved