सिइडिबी हाइड्रोले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 08:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गर्न लागेको हो । 

जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहौर्को लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले छिटोमा वैशाख २१ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

कम्पनीको जारी पुँजी ८३ करोड ९३४ लाख रहेको छ ।  आईपिओ निष्काशनपछि चुक्ता पुँजी ८३ करोड ९४ लाख पुग्ने छ ।  कम्पनीको अधिकृत पुँजी डेढ अर्ब रहेको छ ।  

कम्पनीको ४ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् भने ३ वटा आयोजना निर्माण सम्पन्न भई संचालनमा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved