युनिक नेपाल लघुवित्तले एफपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 09:24:18 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीएल विशेष साधारणसभाको एजेण्डामा एफपिओ निष्काशन गर्ने प्रस्ताव समावेश गरेको हो।

कम्पनीले मंगलबार विशेष साधारणसभाको सूचना निष्काशन गरेकोमा उक्त सूचनामा एफपिओ निष्काशन गर्ने प्रस्ताव छुटेको भन्दै त्यसलाई समावेश गरिएको अर्को सूचना निकालेको हो । कम्पनीले घोडीघोडा लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

घोडीघोडा आईपिओ निष्काशन गरि नेप्सेमा सुचिकृत कम्पनी हो । तर युनिक नेपालले आईपिओ निष्काशन नगरेको कारण नेप्सेमा सुचिकृत छैन । आईपिओ निष्काशन भएको र नभएको कम्पनी मर्जर र प्राप्तिमा जाने भएकोले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन कम्पनीले एफपिओ निष्काशन गर्ने भएको हो । 

कम्पनीले बाँके स्थित आफ्नै कार्यालयमा बैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेको हो। सभाले घोडीघोडा लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभामा संस्थाको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामकबाट थप निर्देशन भईआएय्मा सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने, राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र भविष्यमा अन्य संस्थासंग गाभ्ने गाभिने बारेको निर्णय गर्न  अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छन् ।  

कम्पनीले कोरोना महामारी बढिरहेको अवस्थामा भिडीयो कन्फेरेन्स मार्फत सभा गर्ने जनाएको छ।  जसका लागि जुम एपको लिंक केही दिन अगाडी इमेल वा मोबाइलमा एसएमएस पठाउने कम्पनीले उल्लेख गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved