ब्रोकर हाउसमा २ मिटर दुरी कायम गर्न निर्देशन, २५ जना बढी जान नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 09:27:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कोरोना भाईरसको संक्रमण बढे सँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउँन आग्रह गरेको छ । 

बोर्डले सुचना जारी गर्दै कोभिड १९ को महामारी रोकथाममा सहयोग पुर्याउन सुरक्षित तवरले कार्य सञ्चालन गर्न अनुरोध गरेको हो । जस अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राहि तथा कर्मचारीहरूलाई मास्क, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न तथा गराउन तथा नेपाल सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको छ । बोर्डले नेप्से, ब्रोकर, र क्रेडिट रेटिङ संस्थालाई यस्तो निर्देशन दिएको हो 

त्यस्तै बोर्डले कार्यालय हाताभित्र २५ जना भन्दा बढि नहुने गरि सेवा दिन, सेवाग्राहि बिच दुई मिटरको भौतिक दुरी कायम हुने तरिकाले सेवा प्रवाहको व्यवस्था मिलाउन तथा सभा, सम्मेलन,गोष्ठि, सेमिनार, बैठक, तालीम, प्रशिक्षण जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्न अनुरोध गरेको छ । 

सेवा प्रवाहलाई निरन्तर सुचारू गर्न संस्थाका कर्मचारीहरूलाई स्वास्थ्य मापदण्डको पालना गरी परिचालन गर्ने र सेवाग्राहिको भिडभाड कम गर्न सकेसम्म विद्युतीय माध्ययम प्रयोग गर्न बोर्डले सुचित गरेको छ । कोभिड १९ को संक्रमण बाट  बच्न तथा बचाउन सरकारको निर्देशन र बोर्डले यस अघि नै दिएको निर्देशन पालना गर्न पनि बोर्डद्वारा जारी सुचनामा उल्लेख गरीएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved