

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा कम्पनीको ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज १ हाइड्रो कम्पनी र १ विकास बैंक गरि कुल ७ लाख ९७ हजार ९ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।
आज छ्याङदी हाइड्रोको ५ प्रतिशतले हुन आउने १ लाख ४१ हजार ७ सय ५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेन्ट बैंकको १ सय प्रतिशतले हुन आउने ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।