रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 08:06:01 AM मा प्रकाशित

laxmi sunrise bank

रिलायन्स फाइनान्स Reliance Finance  को लाभांश सुरक्षित गर्ने आज बैशाख ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बैशाख ९ गते गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

कम्पनीले वैशाख २२ गते बुधबार लैनचौर स्थित लैनचौर ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्

कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१ हजार ६  सय ६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ४३ लाख ८१ हजार १ सय ३७ रुपैयाँ बराबरको नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै कमपनीको सभामा मर्जर तथा प्रतिको लागि संस्था छनौट गर्ने र उपयुक्त देखिएमा मर्जरको लागि सम्झौता गर्ने र अन्य आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै लाभांशपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहि अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । त्यस्तै नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न थप निर्देशन प्राप्त भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved