मर्जरपछि यस्तो छ एनआईसी एसिया लघुवित्तको प्रगति, २४७ प्रतिशतले बढ्यो नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 01:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha को खुद नाफा २४७ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा १२ करोड २७ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा बढेर ४२ करोड ७२ लाख पुगेको हो ।

स्वदेशी लघुवित्तसंग मर्ज भई एकिकृत कारोबार सुरु गरेकोले स्वदेशीतर्फको नाफालाई मिलान गर्दा कम्पनीको नाफाको वृद्धिदर ठूलो देखिएको हो । मर्जर हुँदा अन्य वित्तीय सूचकमा पनि सुधार देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीको सापटी १४४ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ। त्यस्तै कम्पनीको कर्जा प्रवाह ११९ प्रतिशतले बढेर १५ अर्ब ८८ करोड पुगेको छ भने निक्षेप संकलन १७२ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ । कम्पनी खुद ब्याज आम्दानी २४२ प्रतिशतले बढेर ९२ करोड ९८ लाख पुगेको छ  ।

१ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ७९ करोड ५३ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३२.७५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.७२ रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved