दोहोरो अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 03:31:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको छ । 

आज ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रूपैयाँ बराबरको  कारोबार भएको छ । आज कारोबारमा आएका २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।    

आज विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका मध्य म्युचुअल फण्ड, होटल र पर्यटन बाहेक सबैको समुहगत सुचक बढेको छ । 

आज एनसीसी बैंकको सर्वाधिक बढि ६२ करोड २७ लाख, निफ्राको २५ करोड ८७ लाख, एन आई सी लघु वित्तको २१ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved