
एन आई सी एशिया क्यापिटल मार्फत काठमाडौँ उपत्यका बाहिरका ग्राहकले पनि अनलाइनबाट नै डिम्याट खाता खोल्न सक्ने भएका छन् ।क्यापिटलले यस अघि काठमाडौँ उपत्यकाका नागरिकलाई अनलाइनबाट नै डिम्याट खाता खोल्ने सुविधा ल्याएकोमा सो सुविधा उपत्यका बाहिरको हकमा पनि लागु भएको हो ।
डिम्याट खाता अनलाईन मार्फत नि–शुल्क खोल्न सकिने भएको छ । क्यापिटलले २०७८ साल असार मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने भएको हो । अनलाइन मार्फत डिम्याट खाता खोल्नको क्यापिटलको वेभसाइट वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरि रितपुर्वक विवरण भरी सबमिट गर्नु पर्ने क्यापिटलले जनाएको छ । आवेदन सबमिट गरेको १ घण्टा भित्र नै डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जनाएको छ ।
यो सुविधा आइतबार देखि बिहीबार ४ बजेसम्म र शुक्रबार १ बजेसम्म उपलब्ध हुने क्यापिटलले जनाएको छ।