

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited को डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग चयन भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
यस संगै बैंकको डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैंकिङ्ग ले गर्ने छ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग हो ।