विन्ध्यवासिनी हाइड्रोको साधारणसभा आह्वान, आईपिओ सम्बन्धी निर्णय हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 08:57:31 AM मा प्रकाशित

laxmi  sunrise bank

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ३१ गते बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । बैंकले शेयरधनीलाई भर्चुअल माध्यमबाट उपस्थित हुन आग्रह गरेको छ ।

सभामा आर्थिक वर्ष ७६/७७ को आर्थिक प्रतिवेदनमाथि छलफल गरि स्वीकृत गर्ने , लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आईपिओ निष्काशन सम्बन्धि आवश्यक निर्णय गर्ने, संचालक समितिले गरेका निर्णय अनुमोदन गर्ने, कम्पनीको नाममा भएका अन्य कम्पनीका शेयर बिक्रि तथा खरिद समबन्धि निर्णय गर्ने, नयाँ संचालक समिति गठन गर्ने लगायतका प्रस्ताव पारित हुने छन् ।

कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । 

कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ए आयोजनाको निर्माण सकिसकेको छ भने लमजुङमा ६.६ मेगावाटको रुदीखोला बि आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved