३७ प्रतिशतले बढ्यो रिलायन्स फाइनान्सको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 09:57:40 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स फाइनान्सको खुद नाफा ३७.३० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा बढेर ८ करोड ६८ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको अन्य संचालन आम्दानी  ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अन्य संचालन आम्दानी ह्वात्तै बढेपछि नाफामा सुधार भएको हो

यस अवधिमा कम्पनी खुद ब्याज आम्दानी भने ३३.०६ प्रतिशतले घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १६ करोड १ लाखबाट घटेर १० करोड ७१ लाख कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप १८.४५ प्रतिशतले बढेर ५ अर्ब ७७  करोड पुगेको छ भने कर्जा प्रवाह १६.३९ प्रतिशतले बढेर ४ अर्ब १९ करोड पुगेको छ । ८३ करोड २४ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ४६ करोड ५ लाख रहेको छ ।

कम्पनीको खराब कर्जा २.६३ प्रतिशतबाट घटेर १.८८ प्रतिशत पुगेको छ भने कम्पनीको प्रति शेयर आम्दानी १३.९१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १५५.३२ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved