प्रुडेन्शियल इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 11:01:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा साधारणसभा आह्वान गरेको हो ।  

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ  ।साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित हुने छ  । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १९ देखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved