७८ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 09:54:46 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा ७८.५८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर १ अर्ब ८० करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ९८ करोड ४६ लाख रहेको छ

समिक्षा अवधिमा बैंकको निक्षेप ९.५७ प्रतिशतले बढेर १ खर्ब २७ करोड पुगेको छ भने कर्जा प्रवाह १६.५५ प्रतिशतले बढेर १ खर्ब २९ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड पुगेको छ

१३ अर्ब ८७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ९२ करोड रहेको छ । बैंकको खर्ब कर्जा भने ०.९८ प्रतिशतबाट बढेर १.०९ प्रतिशत पुगेको छ ।

बैंकको प्रति शेयर आम्दानी १७.३७ प्रतिशत र प्रति शेयर नेटवर्थ १३५.४९ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved