डिम्याट खातामा आयो रुरु जलविद्युत परियोजनाको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 12:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाको शेयर डिम्याट खातामा आएको छ । सिडीएसले आजबाट लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । RU RU सिम्बलमा कम्पनीको शेयर डिम्याट खातामा आएको हो । यससंगै नेप्सेमा शेयर सुचिकृत भएको भोलिपल्टबाट शेयर कारोबार सुचारु हुने छ ।

कम्पनीले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा शेयर बिक्रि गरेको थियो । आइपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ । 

रित पूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ आवेदकबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन परेको थियो । यो मध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत पाएका थिए । बाँकी रहेको ७ कित्ता बाँडफाँडका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका थिए ।

 कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणको लागी बिक्रि खुला गरेको थियो । जसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो ।

कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved