'३ कारणले घट्यो बजार, तर आत्तिनु पर्ने कारण छैन' : अध्यक्ष रौनियार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2021 | 04:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले मुख्यत ३ वटा कारणले शेयर बजार घटिरहेको बताएका छन् । बिजपाटीसंगको कुराकानीमा उनले कोरोनापछिको हल्ला, नाफा बुक र केहि विश्लेषकहरुको भनाईको कारणले बजार घटेको बताएका हुन् ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको र फेरी लकडाउन भई बजार पनि बन्द हुन्छ भन्ने हल्लाले बजार घटेको उनको भनाई छ । तर अनलाइनमा सुधार भईसकेको र अधिकांश शेयर कारोबार अनलाइन मार्फत नै हुने गरेको र कारोबारको लागि ब्रोकर कार्यलय जानु पर्ने अवस्था अन्त्य भईसकेकोले लकडाउन भए पनि शेयर बजार बन्द नहुने भएकोले नआत्तिन उनले आग्रह गरेका छन् ।

त्यस्तै नाफा बुक गर्ने क्रम बढेकोले बजार झरेको उनको भुझाई छ । बजार उच्च अंकमा पुगेको र कोरोना संक्रमण बढेसंगै केहि अनिश्चितटा रहंदा नाफामा हुने हरुले नाफा बुक गर्दा सप्लाई बढी भई बजार घट्न पुगेको उनको भनाई छ ।

त्यस्तै केहि विश्लेषकहरुले सार्वजनिक रुपमा बजार धेरै बढेकोले अब घट्छ , घट्नै पर्छ भन्ने खालको अभिव्यक्ति दिएकोले पनि बजार घटेको उनको बुझाइ छ ।

यद्यपि अध्यक्ष रौनियारले एक साता अगाडी र अहिलेको अवस्थामा केहि पनि तात्विक फरक नआएकोले त्रसित नहुन आम लगानीकर्तालाई आग्रह गरेका छन् । उनले आगामी दिनमा बजार सकारात्मक नै हुने र बजार घट्ने खालको केहि पनि परिस्थिति आउँन सक्ने सम्भावना नदेखिएको बताएका हुन् ।

ब्याज दर नबढ्ने देखिएको, विकास बजेटको रकम निकासा हुँदा तलारता बढ्ने देखिएको, रेमिटेन्स बढिरहेको, एनआरएनले लगानी बढाउन काम सुरु गरिसकेको, विदेशीमा रहेका नेपालीले पनि शेयर बजारमा कारोबार बढाएको, तेस्रो त्रैमासको वित्तीय विवरण उत्कृष्ट आएको, चौथो त्रैमासको प्रतिवेदन पनि सोहि अनुसार आउँदा राम्रो लाभांश आउने देखिएको, राजनीतिक अन्योलता अन्त्य भएको, सबै नियामकहरु बजार बारे सकारात्मक रहेकोले बजार घट्नु पर्ने कारण नरहेको उनको भनाई छ । उनले हल्लाको पछाडी नलागी कम्पनीबारे अध्ययन गरेर आफ्नो जोखिम लिन सक्ने क्षमता बुझेर मात्र लगानी गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved