'एनआईबिएल समृद्धि फण्ड २' को बिक्रि खुला, लगानीकर्तालाई वार्षिक २१.४३ प्रतिशत रिटर्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 08:22:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले आज बैशाख १३ देखि “एनआईबिएल समृद्धि फण्ड २” नामको बन्दमुखी समिहिल लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ । क्यापिटलले  “एनआईबिएल म्युचुअल फण्ड” अन्र्तगत संचालन हुने गरि यस योजनाको इकाई निष्काशन गरेको हो ।

१० वर्षसम्म संचालन हुने यस योजनाको आकार रु. १ अर्ब २० करोडको रहेको छ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक एनआईबिएल एस क्यापिटललाई तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकको लागि छुट्याईएको छ । बाँकी रहेको ९ करोड ६० लाख इकाईको लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले मेरो शेयर अनलाइन तथा सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १ हजारदेखि १२ करोडसम्मको लगानी गर्न सकिने छ । 

योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने क्यापिटलले उल्लेख गरेको छ।   प्रभावकारी वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २१.४३ प्रतिशत योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण क्यापिटलले गरेको छ । यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

हाल क्यापिटलले दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ । “एनआईबिएल म्युचुअल फण्ड” को पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड १” संचालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गरेको र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved