४४ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 09:51:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा  प्रभु बैंक Prabhu Bank Limited  को खुद नाफा ४४.०८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  बैंकको नाफा १ अर्ब ४६ करोड रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको नाफा बढेर २ अर्ब १० करोड पुगेको हो । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड रहेको छ । बैंकको संचालन आम्दानी १५.३९ प्रतिशतले तथा संचालन मुनाफा ४६.८५ प्रतिशतले बढेको छ । बैंकक  फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशतले बढेर ३ अर्ब ८३ करोड पुगेको छ । 

समिक्षा अवधिमा  बैंकको निक्षेप संकलन २७.२२ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३५.१२ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ ।  कम्पनीको खराब कर्जा २.९५ प्रतिशतबाट घटेर १.४८ प्रतिशत कायम भएको छ । 

११ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ९९ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दाबी २४.७९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५२.८६ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved