नेप्सेले ब्रोकरहरुलाई दियो ७ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 05:57:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर कम्पनीहरुलाई ७ बुँदे निर्देशन दिएको छ । नेप्सेले कोरोना महामारीको दोस्रो लहरको संक्रमणलाई न्यूनीकरण गर्ने प्रयास स्वरुप यथासम्भव भौतिक उपस्थिति कम हुने ब्यबस्था गर्न गराउन ब्रोकरहरुलाई निर्देशन दिएको हो ।

जस अनुसार नेप्सेले भौतिक उपस्थिति कम गर्ने र नेप्सेमा पेश गर्नु पर्ने विवरण अनलाइन मार्फत पेश गर्न निर्देशन दिएको छ । त्यस्तै नेप्सेले बैंक ग्यारेन्टी इमेल मार्फत पेश गर्न भनेको छ ।

संस्थापक शेयरको कारोबार गर्न गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न निर्देशन दिएको छ । त्यस्तै नेप्सेलाई पत्राचार गर्दा इमेल मार्फत गर्न भनेको छ ।

कार्यालयमा भौतिक दुरी कायम गर्न, मास्क लगाउन, ज्वरो नाप्ने ब्यबस्था गर्न , सेनीटाईजरको ब्यबस्था गर्न , नेपाल सरकार र नेपाल धितोपत्र बोर्डले जारी गरेका स्वास्थ्य मापदण्ड र निर्देशन पालना गर्न पनि नेप्सेले निर्देशन दिएको छ । कारोबार पश्चात लगानीकर्तालाई समयमा नै शेयर र पैसा दिन तथा अनलाइन कारोबारको प्रोत्साहन गर्न पनि नेप्सेले निर्देशन दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved