३५.९३ प्रतिशतले घट्यो एभरेष्ट बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 08:01:10 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंक Everest Bank Limited  को खुद नाफा ३५.९३ प्रतिशतले घटेको छ ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ३५ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा घटेर १ अर्ब ५० करोड कायम भएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३४.२५ प्रतिशतले घटेर २ अर्ब ८४ करोड कायम भएको छ । खुद ब्याज आम्दानी घट्दाको प्रभाव नाफामा परेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप ८.४४ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७.२८ प्रतिशतले बढेर १ खर्ब २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशतबाट घटेर ०.१२ प्रतिशत कायम भएको छ । ८ अर्ब ९३ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १२ अर्ब ७ करोड रहेको छ । 

यस अवधिमा  बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३५ रुपैया ११ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved