सिद्धार्थ बैंकले ९ महिनामा कमायो २ अर्ब नाफा, बितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 08:34:50 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंक Siddhartha Bank Limited  को नाफा ५४.१२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  बैंकले १ अर्ब ३३ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर २ अर्ब ६ करोड पुगेको छ । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८३ करोड १४ लाख रहेको छ। बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड पुगेको छ । 

यस अवधिमा बैंकको निक्षेप २३.४२ प्रतिशतले बढेर १ खर्ब ७२ पुगेको छ भने कर्जा प्रवाह २३.८६ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब पुगेको छ। बैंकको खराब कर्जा २.२४ प्रतिशतबाट घटेर ०.८८ प्रतिशत कायम भएको छ । १० अर्ब ९६ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ९७ करोड रहेको छ ।

समिक्षा अवधिमा  बैंकको प्रति शेयर आम्दानी २५.१२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १८१.८९ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved