३५ प्रतिशतले बढ्यो आरएमडिसीको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 10:46:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को नाफा ३५.५८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १५ करोड १४ लाख ४९ हजार नाफा कमाएकामो चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खुद नाफा बढेर २० करोड ५३ लाख ३० हजार पुगेको हो । 

लघुवित्तको खुद ब्याज आम्दानी २४.९८ प्रतिशतले बढेर १ अर्ब ५२ करोड कायम भएको छ । साथै लघुवित्तको कुल सापटी ९.४५  प्रतिशतले बढेर ८ अब ४५ करोड पुगेको छ । 

समिक्षा अवधिमा लघुवित्तको कर्जा प्रवाह २७.७७ प्रतिशतले बढेर १० अर्ब ७१ करोड पुगेको छ । १ अर्ब ३ करोड चुक्ता पुँजी रहेको लघुवित्तको रिजर्भमा १ अर्ब ७१ करोड रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी २६.४७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २६६.२७ रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved