एनआईबिएलको म्युचुअल फण्डमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 12:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईमा पहिलो दिन नै आधा भन्दा बढीको आवेदन परेको छ । पहिलो दिनमा  कुल इकाईको ५३.४४ प्रतिशतको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । 

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

इकाई खरीदका लागि छिटोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved