एनआईसी एशिया क्यापिटललाई आईएमई पे मार्फत पैसा तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 05:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल  र आइएमई पेबीच सम्झौता भएको छ । सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न यस क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको सम्पूर्ण एजेन्ट मार्फत भुक्तानी गर्न सकिने छ ।

सम्झौता पश्चात क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे,  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्ने कुरा बताए । 

त्यस्तै आईएमई  पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौता पश्चात  सेवाग्राहीहरुलाई डीम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्वन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्न सक्ने  बताए । 

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved