ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ५७ करोड, बितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 07:46:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक Global IME Bank Limited  को खुद नाफा ३२.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा बढेर ३ अर्ब ५७ करोड पुगेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १५.०६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १७.११ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर १.६१ प्रतिशत पुगेको छ । २१ अर्ब ६३ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १० अर्ब ५८ करोड रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २२.०५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७२ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved