१६.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, ३ अर्ब ८० करोड वितरण गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 07:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंक Nabil Bank Limited  को खुद नाफा १६.५० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा बढेर ३ अर्ब ६७ करोड पुगेको हो । यस अवधिमा  बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८० भएको उल्लेख गरेको छ । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशतले घटेर ५ अर्ब ९ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ९.१९ प्रतिशतले बढेर २ खर्ब ८ अर्ब पुगेको छ भने कर्जा प्रवाह २५.७६ प्रतिशतले बढेर १ खर्ब ८६ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.६३ प्रतिशतबाट घटेर ०.४८ प्रतिशत पुगेको छ । १३ अर्ब ४८ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १७ अर्ब ५२ करोड रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी ३६.४० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २३०.०२ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved