एनआईसी एशिया बैंकले ९ महिनामा कमायो ३ अर्ब नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 08:17:28 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एसिया बैंक NIC Asia Bank Limited  को खुद नाफा २०.०७ प्रतिशतले बढेर छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ५० करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा बढेर ३ अर्ब ४८ लाख पुगेको हो । 

बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब २२ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशतले बढेर ६ अर्ब ५८ करोड पुगेको छ 

यस अवधिमा बैंकको बैंकको निक्षेप संकलन ३६.५५ प्रतिशतले बढेर २ खर्ब ७५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ५४.६० प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब पुगेको छ  । बैंकको खर्ब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.४७ प्रतिशत कायम भएको छ । 

 ११ अर्ब ६५ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भम  ८ अर्ब ६६ करोड रहेको छ ।  समिक्षा अवधिसम्ममा बैंकको प्रति शेयर आम्दानी ३४.३८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७४.३८ रुपैयाँ रहेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved