चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चाटर्ड बैंक Standard Chartered Bank Nepal Limited को खुद नाफा ३४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८० करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा घटेर १ अर्ब १८ करोड मा झरेको हो ।
बैंकको वितरण योग्य मुनाफा २७.२३ प्रतिशतले घटेर ९५ करोड ५९ लाख भएकोे छ । बैंकको खुद ब्याज आम्दानी ३३.०८ प्रतिशतले घटेर १ अर्ब ८३ करोड मा झरेको छ ।
यस अवधिमा बैंकको निक्षेप संकलन १७ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेर ६१अर्ब ९५ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.२२ प्रतिशतबाट बढेर ०.५ प्रतिशत पुगेको छ ।
८ अर्ब ५७ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ५ अर्ब ७० करोड रहेको छ । समिक्षा अवधिसम्ममा बैंकको प्रति शेयर आम्दानी ३० बाट घटेर १८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८६.९५ रुपैयाँ रहेको छ ।