५६ प्रतिशतले बढ्यो सांग्रीला डेभलपमेन्ट बैंकको नाफा, इपिएसमा सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 10:29:52 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सांग्रीला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited को  खूद नाफा ५६.६६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सांग्रीलाको खूद नाफा २२ करोड ४४ लाख रहेकोमा यो वर्षको तेस्रो त्रैमासमा बढेर ३५ करोड १६ लाख पुगेको हो । समीक्षा अवधिका लागि सांग्रीलाको वितरणयोग्य मुनाफा २४ करोड २८ लाखभन्दा बढी रहेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ३२ करोड ३१ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४७ करोड माथि पुगेको छ । कोभिड प्रभावकै बीच पनि बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८२ करोड १३ लाख रहेको खूद ब्याज आम्दानी केही बढी यो वर्ष ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले रिटेन अर्निङ १५३.७३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १५ करोड ३४ लाखमा रहेकोमा यो वर्ष बढेर ३८ करोड ९४ लाख माथि पुगेको होढेको छ ।  

बैंकले यो अवधिमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २९ अर्ब २५ करोड निक्षेप संकलन गरी २३ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो ।  बैंकले निक्षेप करिब ४३.४० प्रतिशतले र कर्जा करिब ४७ प्रतिशतले बढाएको देखिन्छ ।

 बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा सांग्रीलाको इपीएस ५६.७० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.८९ प्रतिशत, कस्ट अफ फण्ड ६.२७ प्रतिशत, सीडी रेसियो ७७.५४ प्रतिशत, बेस रेट ८.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३९.९५ रुपैयाँ, पीई अनुपात १३.१८ गुणा, क्यापिटल एडेक्वेसी रेसियो ११.७२ प्रतिशत तथा लिक्वीडीटी रेसियो २५.१० प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved