कतिमा भयो सिंगटी हाइड्रोको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 10:53:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कारोबार सुरु भएको छ । आज बुधबारको प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसंगै अब नियमित बजारमा  कारोबार सुचारु हुने छ । कम्पनीको शेयर SHEL सिम्बलबाट कारोबार भएको हो।

कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०० देखि ३०० सम्मको रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । रेन्जको अधिकतम मूल्यबाट नै कम्पनीको शेयर कारोबार सुरु भएको हो । प्रि ओपन सेसनमा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ  । मंगलबार कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।   

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको थियो ।  जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  

आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको थियो ।  योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड भएको थियो ।  जस मध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका थिए। यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ९५ हजार ८ सय ३० जना आवेदक हात खाली भएका थिए ।  

कम्पनीले यस अघि  आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो।  कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छ । कम्पनीले वैशाख मसान्त भित्र आफ्नो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved