३८ प्रतिशतले बढ्यो प्राईम बैंकको नाफा, २ अर्ब २० करोड वितरणयोग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 11:01:43 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राईम बैंक Prime Commercial Bank Limited को खुद नाफा ३८.७६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ३ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर २ अर्ब ८१ करोड पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब २० करोड रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १७.६५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.६८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.९७ प्रतिशतबाट घटेर ०.८६ प्रतिशतमा झरेको छ । १६ अर्ब ८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ७ अर्ब रहेको छ  ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९ बाट बढेर २३ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४५.८८ रुपैयाँ रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved