गोर्खाज फाइनान्सको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 12:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स Gurkhas Finance Limited को साधारणसभा स्थगित भएको छ । कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मको लागि साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभा स्थगित भएपनि बुक क्लोजको मिति भने यथावत नै रहने जनाएको छ । 

कम्पनीले बैशाख २१ गते आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको थियो। कम्पनीले साधारणसभाको लागि बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ५ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved