पूर्ण अनलाइन कारोबार गर्न सक्ने भएमात्र निषेधाज्ञामा शेयर खरिद बिक्रि गर्न ब्रोकरको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 03:14:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकरहरुले पूर्ण अनलाइन कारोबार गर्न सक्ने भएमात्र  शेयर खरिद बिक्रि गर्न आग्रह गरेका छन् । ब्रोकरहरुको संघ स्टक ब्रोकर एसोसिएसन अफ नेपालले निषेधाज्ञाको समयमा भौतिक रुपमा उपथित भई शेयर कारोबार गर्न असहज हुने भएकोले पूर्ण अनलाइन कारोबार गर्न सक्ने भएमात्र  शेयर खरिद बिक्रि गर्न आग्रह गरेका छन् । 

लगानीकर्ताले बिक्रि गरेको शेयर कारोबार भएको भोलिपल्ट मेरोशेयर मार्फत ईडिआईएस गरी ट्रान्सफर गर्न सक्ने  र खरिद गरिएको रकम अनलाइन बाट नै ब्रोकरको खातामा कारोबार भएको भोलिपल्ट ट्रान्सफर गर्न सक्ने सुनिश्चितटा भए मात्र  शेयर कारोबार गर्न आग्रह गरेको हो । ब्रोकरले निषेधाज्ञाको अवधिमा तोकिएको समयमा नै अनलाइन बाट शेयर ट्रान्सफर गरि र शेयरको पैसा तिरेर जिम्मेवार लगानीकर्ताको कर्तब्य निभाउन आग्रह गरेको छ । 

साथै ब्रोकरले आफुले पनि शेयर समयमा नै लगानीकर्ताको खातामा पठाउने र शेयर बिक्रिको रकम पनि समयमा नै लगानीकर्ताको खातामा पठाउने प्रतिबद्धता जनाएको छ । तर लगानीकर्ताको बैंक खत  अध्यावधिक नभएको, समयमा नै लगानीकर्ताले खरिद रकम भुक्तानी नगरेको, कर्मचारी संक्रमित भई कम कर्मचारीबाट कार्यालय संचालन गरेको र प्रणालीमा अन्य अनपेक्षित समस्या आएको अवस्थामा भने केहि ढिलाई हुन सक्ने संघले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved