नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 04:45:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नागरिक लगानी कोष Citizen Investment Trust  लाई पुँजी वृद्धिको लागि स्वीकृति दिएको छ । बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरि ३ अर्ब २७ करोड कायम गर्न स्वीकृति दिएको हो ।

नागरिक लगानी कोषले २०७७ साल चैत्र २१ गतेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ३ अर्बको ९ प्रतिशतले हुन आउने २७ करोड बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस शेयर वितरण गरि चुक्ता पुँजी ३ अर्ब २७ करोड कायम गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको हो । 

मन्त्रिपरिषदले स्वीकृति दिएसंगै अब कोषको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved