सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 10:50:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ११ मंगलबार काठमाडौँको आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २९ देखि जेठ ११ गत्तेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved