
एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाईमा तेस्रो दिनसम्ममा माग भन्दा ११२ प्रतिशत भन्दा बढीको आवेदन परेको छ। तेस्रो दिनसम्ममा कुल इकाईको ११२.३० प्रतिशतको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।
तेस्रो दिनसम्ममा ५६ हजार १ सय २ आवेदकले १३ करोड ४७ लाख ५७ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । उनीहरुबाट १ अर्ब ३४ करेड ७५ लाख ७२ हजार २ सय रुपैयाँको आवेदन परेको हो ।
क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गरेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
इकाई खरिद आजबाट बन्द हुदै छ ।