कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 05:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  को १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (कामना सेवा विकास बैंक डिबेन्चर २०८७) ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक ( International Securities Identification Number (ISIN) आइएसआइएन प्राप्त गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र  अभौतिकीकरण समेत गरिएको कम्पनीले जनाएको छ। ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई NPE068A1101 को अन्तराष्ट्रिय स्तरको परिचय अंक प्रदान गरिएको हो ।  

२०७७ साल माघ २२ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५  मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक  आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आइएसआइएन  ऋणपत्रहरुलाई सजिलो र स्पष्ट  रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved