नाडेप लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 10:54:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ७ गते शुक्रबार जुम एप मार्फत भर्चुअल रुपमा साधारणसभा आह्वान गर्न लागेको हो 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छन्  ।

विशेष प्रस्ताव अन्तर्गत संस्थाको शेयर संरचना ७०:३० लाई परिवर्तन गरि ५१:४९ कायम गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक परिमार्जन गर्ने, नियामक निकायबाट थप निर्देशन आएमा सोहि अनुसार संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने र मर्जर तथा प्राप्तिको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन्  । 

कम्पनीलाई डिप्रोक्स लघुवित्तले गाभ्ने प्रक्रिया सुरु गरेकोले कम्पनीको कारोबार २०७७/९/१६ देखो रोक्का छ  । साधारणसभाको लागि यहि नै बुक क्लोज मिति यथावत रहने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved