कमोडिटी बजारको लागि संस्थापकको ५१ प्रतिशत शेयर अनिवार्य, आवश्यक चुक्ता पुँजी तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 05:14:28 PM मा प्रकाशित

laxmi bank citizenlife

वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न न्युनतम १ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदामा यस्तो ब्यबस्था गरेको हो । बोर्डले सल्लाह सुझावको लागि मस्यौदा सार्वजनिक गरेको छ । 

बोर्डले केहि सल्लाह सुझाव भए बैशाख मसान्त भित्र बोर्डका उपकार्यकारी निर्देशन डा. नवराज अधिकारीलाई इमेल मार्फत पठाउन आग्रह गरेको छ । 

बोर्डले सार्वजनिक गरेको मस्यौदामा  वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ), र (च) मा तोकिएका वस्तुहरुको लागि चुक्ता पुँजी १ अर्ब आवश्यक पर्ने उल्लेख गरेको छ ।  त्यस्तै वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (ख), (ग), र (घ) मा तोकिएका वस्तुहरुको लागि डेढ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने उल्लेख छ ।  त्यस्तै वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ), र (च) मा तोकिएका वस्तुहरुको लागि २ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने उल्लेख छ । 

वस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले कम्तीमा एकाउन्न प्रतिशत र बढीमा सत प्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनु पर्नेछ । प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार वा प्राविधिक सहयोग गर्ने संस्थाका लागि कुल चुक्ता पुँजीको कम्तीमा पाँच प्रतिशत देखि बढीमा एकाउन्न प्रतिशतसम्म अनिवार्य रुपमासेयर लगानी गर्ने गरी प्रस्ताव गर्नु पर्नेछ । संस्थापकहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्था लगायतबाट ऋण सापटी प्राप्त गरेको रकमबाट प्रस्तावित संस्थामा लगानी गर्न पाइने मस्यौदामा उल्लेख छ। 

त्यस्तै कम्पनीले बोर्डबाट  पुर्व स्वीकृति लिनु पर्ने छ । बोर्डबाट पूर्व स्वीकृति प्रदान भएपछि संस्थापकको संख्या थप गर्न पाइने छैन, तर, कुनै संस्थापकको मृत्यु भएमा निजको कानुन बमोजिमको हकवालालाई निजले कबुल गरेको लगानी बराबरको सेयर नामसारी गर्न र सम्बन्धित हकवालाले सेयर खरिद नगरेको वा आंशिक सेयर मात्र खरिद गरेको अवस्थामा हकवालाले खरिद नगरेको सेयर विद्यमान संस्थापकहरुले खरिद गर्न भने बाधा पर्ने छैन ।

निर्देशिकामा कम्पनीक  संचलाक र प्रमुख कार्यकारी अधिकृतको योग्यता समेत उल्लेख छ । 

मस्यौदा हेर्न यहाँ क्लिक गर्नु होला  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved