प्रुडेन्शियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 08:23:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को शेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बैशाख १९ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । 

कम्पनीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको प्रति कित्ता शेयर मूल्य ७७१ कायम भएको छ समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८३३ थियो ।   

कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा साधारणसभा आह्वान गरेको हो ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १९ देखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।   

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ  ।साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित हुने छ  । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved