युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का, प्राप्तिपछि कति पुग्छ नबिलको चुक्ता पुँजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 11:02:02 AM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनाइटेड फाइनान्सको कारोबार रोक्का भएको छ । नबिल बैंकले युनाइटे फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएपछि फाइनान्सको शेयर कारोबार रोक्का भएको हो ।

शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो । 

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढाईने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार गर्ने नबिल बैंकले जनाएको छ।  

बैंकका अनुसार प्राप्ति पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । एटिएम संख्या १९० हुनेछ । निक्षेप २१६ अर्ब हुनेछ भने कर्जा २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved