कतिमा भयो रुरु हाइड्रोको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 10:57:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर कारोबार सुरु भएको छ । कम्पनीको आज सोमबारबाट कारोबार सुरु भएको छ । प्रि ओपनमा कम्पनीको पहिलो कारोबार ३५६ रुपैयाँबाट भएको छ ।

प्रि ओपनमा कारोबार भएसंगै अब नियमित समयमा कम्पनीको कारोबार जारि रहने छ । कम्पनीको RURU सिम्बलबाट कारोबार भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको थियो । रेन्जको अधिकतम मूल्यबाट नै पहिलो कारोबार भएको हो ।

आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनिले गत चैत्र २० गते सर्वसाधारणका लागी बिक्री खुला गरेको थियो । प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा शेयर बिक्रि गरेको हो । कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणको लागी बिक्रि खुला गरेको थियो । जसमध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो ।

कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved