सिडीएसबाट नेप्सेको लगानी झिक्ने सरकारको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 01:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सिडीएस एण्ड क्लियारिङ लिमिटेडबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेको लगानी झिक्नेबारे छलफल सुरु गरेको छ। अर्थ मन्त्रालयले नेप्सेको लगानी घटाएर मन्त्रालयबाट नै लगानी गर्ने गरि छलफल सुरु गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटमा नै यसबारे ब्यबस्था हुने छ । हाल सिडीएसमा नेप्से कै शतप्रतिशत लगानी रहेको छ। सिडीएसको पुनर्संरचना गर्दा नेप्सेको लगानी पुरै झिक्ने वा घटाउने र अर्थ मन्त्रालयले लगानी गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । त्यस्तै सिडीएसमा रणनीतिक साझेदार ल्याउने बाटो पनि खुला राखिने भएको छ ।

चालु आर्थिक वर्षको वार्षिक बजेटमा पनि नेप्से र सिडीएसको पुनर्संरचना गर्ने विषय उल्लेख भएको थियो । सोहि अनुसार नेप्सेले पुनर्संरचनाको लागि मन्त्रालयमा विभिन्न मोडल प्रस्ताव गरिसकेको छ । सिडीएसले भने डिडिए गरेपछि मात्र पुनर्संरचना प्रस्ताव गरिने जनाएको छ । सिडीएसले प्रस्ताव पठाउनु अगाडी नै यस बारे मन्त्रालयबाट नै निर्णय हुने सम्भावना बढेको हो ।

सेयरबजार तथा सेयर लगानीकर्तासँग सम्बन्धित धेरै कामहरु प्रत्यक्ष रुपमा सिडीएससँग जोडिएको तर संचालक समिति देखि अन्य बिषयमा समेत नेप्सेको हस्तक्षेप रहेकाले पनि यसलाई अलग्गै र बलियो संस्था बनाएर अगाडी बढ्नुपर्ने निस्कर्षका साथ सरकारले बजेटमा यस्तो व्यवस्था गर्न लागेको स्रोतको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved