
मर्जरपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्तको शेयर सुचिकृत भएको छ । समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई बनेको संस्था समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २ सय २ कित्ता शेयर सुचिकृत भएको छ ।
यस संगै मर्जर प्रयोजनको लागि खुला रहेको कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । दुई संस्था १००:८० को स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बैशाख २ गतेबाट एकिकृत कारोबार सुरु भएको थियो । मर्जरपछि केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।
दुवै संस्थाको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुई संस्थालाई राष्ट्र बैंकले चैत्र १० गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १९ गते स्वीकृति प्रदान गरेको थियो ।
यी दुई संस्था १००:८० को स्वापमा मर्ज भएका हुन् । घरेलु लघुवित्तको १०० कित्ता बराबर नयाँ बन्ने संस्थाको शेयर ८० कित्ता हुने गरि मर्ज भएको हो । यी दुई संस्थाले गत असार १ गते मर्जर सम्झौता गरेका थिए ।