हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 08:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २८ गते शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको हो 

कम्पनीको सभामा  लाभांश सहित विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफा हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७ सय बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सभामा प्रबन्धकपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, उपयुक्त संस्थासंग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने र नियमावलीको गणपुरक संस्ख्य समबन्धि ब्यबस्था संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

साधारण प्रस्ताव अन्तर्गत  वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने ,   बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १३ देखि जेठ २८ गते सम्मको बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved