केन्द्रीकृत केवाईसी बनाउन वाईको सहित ३ कम्पनी सर्टलिस्ट, यस्तो छ अबको प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 09:39:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार गर्नको लागि ३ कम्पनीलाई सर्टलिस्ट गरेको छ  । यस कार्यको लागि ११ कम्पनीले आशयपत्र पेश गरेकोमा आशयपत्रको मुल्यांकनको आधारमा ३ कम्पनीलाई सर्टलिस्ट गरिएको सिडीएसले जनाएको छ  । 

सिडीएसले प्रोफेसनल कम्प्युटर सिस्टम, वाईको प्रालि, र रेडीयन्ट इन्फोटेक नेपाललाई सर्ट लिस्ट गर्ने छ  । वाईको प्रालि नेप्सेको टिमएस बनाएको कम्पनी हो  ।

अब सिडीएसले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार गर्नको लागि फेरी बोलपत्र आह्वान गर्छ । त्यसमा यी ३ कम्पनीएल मात्र आवेदन दिन पाउने छन् । यी ३ कम्पनी मध्ये बाट १ कम्पनीएल यसको ठेक्का पाउने छ ।  सिडीएसले आवेदकको योग्यता (qualification) लाई ४० प्रतिशत, अनुभव (experience) लाई ५० प्रतिशत र क्षमता (capacity) लाई १० प्रतिशत भार प्रदान गरेर कम्पनी सर्टलिस्ट गरेको जनाएको छ। सर्टलिस्टमा परेकासँग मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव मागिने छ । 

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिन लागेको हो। यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।  त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved