मर्जरपछि कतिमा सुरु भयो समता घरेलु लघुवित्तको शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 10:33:51 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । मर्जरपछि  समता घरेलु लघुवित्तको नामबाट साविक कै SMATA सिम्बलमा ५५० मूल्यबाट  कम्पनीको कारोबार सुरु भएको हो ।  मर्जर अघि समताको शेयर मूल्य ६६० थियो ।

सोमबार समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई बनेको संस्था समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २ सय २ कित्ता शेयर सुचिकृत भएको थियो । शेयर सुचिकृत भएसंगै मर्जर प्रयोजनको लागि बन्द रहेको कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।  दुई संस्था १००:८० को स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बैशाख २ गतेबाट एकिकृत कारोबार सुरु भएको थियो । मर्जरपछि केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।  

दुवै संस्थाको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो  ।  यी दुई संस्थालाई राष्ट्र बैंकले चैत्र १० गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १९ गते स्वीकृति प्रदान गरेको थियो  ।  

यी दुई संस्था १००:८० को स्वापमा मर्ज भएका हुन् । घरेलु लघुवित्तको १०० कित्ता बराबर नयाँ बन्ने संस्थाको शेयर ८० कित्ता हुने गरि मर्ज भएको हो ।  यी दुई संस्थाले गत असार १ गते मर्जर सम्झौता गरेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved