नेप्सेमा झिनो अंकको वृद्धि, ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 03:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसुचक झिनो अंकले बढेको छ । आज नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ को बिन्दुमा पुगेको हो । 

आज ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको  कारोबार भएको छ । आज कारोबारमा आएका २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज समता घरेलु लघुवित्त, महिला लघुवित्त, विशाल बजार कम्पनी लगायत ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज ट्रेडिङ, हाइड्रोपावर लगायत ६ ओटाको समुहगत सुचक बढेको छ भने बैंकिङ्, होटेल र पर्यटन लगायत ७ ओटाको समुहगत सुचक घटेको छ । सबैभन्दा बढि सुचक बढ्नेमा माईक्रो फाईनान्स क्षेत्रको २.५६ प्रतिशत रहेको छ भने घट्नेमा होटेल र पर्यटन क्षेत्रको १.०६ प्रतिशत रहेको छ ।

त्यस्तै आज एनसीसी बैंकको सर्वाधिक बढि २३ करोड ९ लाख, अरुण काबेली पावरको २१ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved