आरएमडीसी लघुवित्तको साढे ४ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 08:33:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited   ले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha को साढे ४ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ४ लाख ५८ हजार २ सय ५५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो  

 बैंकले आज बैशाख २२ देखि बैशाख २८ गतेसम्म ति शेयर लिलाम गर्न लागेको हो । बैंकले ति शेयरको मूल्य प्रति कित्ता ४०८ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् । हाल कायम संस्थापकहरु वा जो कोहि व्यक्ति तथा संघ संस्था कम्पनीले यस लिलाममा आवेदन दिन सक्ने बैंकले जनाएको छ  ।  

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved