प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 08:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स Prabhu Insurance Company  को लाभांश सुरक्षित गर्ने आज बैशाख २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २६ देखि जेठ ६ गत्तेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज बैशाख २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले जेठ ६ गते बिहिबार तिनकुने स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्। कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशतल हुन आउने १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३  सय ४१ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन आएमा सोहि बमोजिम गर्ने अख्तियारी संचालक समितिलाई दिने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजना संचालन गर्न सक्ने गरि कम्पनीको प्रबन्धपत्रमा उदेश्य थप गर्ने प्रस्ताव साधारणसभामा पेश हुने छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved